Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

तस्करीको काठसहित एकजना पक्राउ

२० माघ, रौतहट : वन कर्मचारीले रौतहटका दुई ठाउँबाट काठ बरामद गरेको छ। जिल्लाको वृन्दावन सब-डिभिजन र चेतनगर सब-डिभिजन अन्तर्गतको जङ्गलबाट तस्करले काठ तस्करी गरी ल्याइरहेको अवस्थामा वन कर्मचारीले चारवटा साइकल, चार थान सालको गोलिया‚ एउटा मोटरसाइकल सहित एकजना मानिसलाई पक्राउ गरेको हो।

वृन्दावन सब-डिभिजन वन कार्यालय अन्तर्गतबाट काठ चोरी तस्करी गरेर लगिरहेको अवस्थामा वन कर्मचारीले तीन थान सालको गोलिया, दुई थान साइकल र एक थान मोटरसाइकलसहित एकजना तस्कर पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका-९ इनारवाका राकेशकुमार साह रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। पक्राउ परेका साहलाई BR-06 BK 5769 नम्बर प्लेटको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

शुक्रबार राति करिब ८ बजेको समयमा वृन्दावन सब-डिभिजन वन कार्यालयका जमदार शेख अनवरको नेतृत्वमा खटिएको वनगस्ती टोलीले साहसहित काठ साइकल र मोटरसाइकल बरामद गरेको हो।

बरामद भएको काठ‚ साइकल र मोटरसाइकल वृन्दावन सब-डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ भने काठसहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको वृन्दावन सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल महतोले जानकारी दिएका छन्।

यस्तै सब-डिभिजन वन कार्यालय चेतनगरअन्तर्गतको जङ्गलबाट चोरी तस्करी गरी ल्याइरहेको काठ वन कर्मचारीले बरामद गरेको छ।

शुक्रबार मध्यराति करिब १८ क्युफिटको सालको गोलिया दुईवटा साइकलमा ल्याइरहेको अवस्थामा वन कर्मचारीले उक्त काठ बरामद गरेको हो। वन कर्मचारीलाई देखेर तस्कर भागेको सब-डिभिजन वन कार्यालय चेतनगरले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP