Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गर्ने चारजना पक्राउ

२० माघ, काठमाडौं : कैलालीको अत्तरियामा आयोजना भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदीप चन्दले पक्राउ पुर्जी जारी भएका चारजना आफैँ प्रहरीमा हाजिर हुन आएको जानकारी दिए। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धानको प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

गत पुस २६ देखि सुरु भएको प्रादेशिक महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरी आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो । प्रशासनको निर्देशनपछि छानविन प्रक्रिया अघि बढेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP