कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित एक महिलालाई कृष्णनगरबाट पक्राउ गरेको छ । ४ केजि ६४६ ग्राम चरेस सहित प्युठानको गौमुखी गाउँपालिका ३ बस्ने बर्ष ३८ कि बासु घर्ती मगरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीली शंकास्पद अवस्थामा भारत तर्फ जादै गर्दा कृष्णनगर बजार क्षेत्रबाट ती महिलालाई पक्राउ गरेको थियो ।
निजले बोकेको झोला खानतलासी गर्दा प्लास्टिकमा पोको पारी राखेको ९ पोका चरेश बरामद गरेको हो ।
थप अनुसन्धानको लागी हिरासतमा राख्न सोमबार मात्र म्याद थप गरिनेछ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया