Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईसीसी यू-१९ क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने

एजेन्सी

आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। आइतबार हुने फाइनल खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो। गएराति सकिएको खेलमा पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो।

अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रन बनाएको थियो।

पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए। अन्यको प्रदर्शन उल्लेखनीय रहेन। अष्ट्रेलियाका टम स्ट्याकरले ६ विकेट लिए। भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP