Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय सिरिज नेपाललाई

काठमाडौँ : क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट सिरिज नेपालले जितेको छ। आज भएको दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकाल्दै एक खेलअगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।

जितका लागि क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर भेटायो। नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रनको योगदान गरे। देव खनालले ७६ रन जोडे। नेपालका लागि ओपनर अनिलकुमार शाहले एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरे।

२० बलको सामना गरेका अनिलले ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका हुन्। अनिलले एकदिवसीय अन्तरराष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमानी समेत बनाएका छन्। यसअघि पपुवा न्युगिनीविरुद्धको खेलमा आसिफ सेखले २१ बलमा अर्धशतक प्रहार गरेका थिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो। क्यानडाका लागि अरुन जोनसेनले सर्वाधिक ६५ रनको योगदान गरे।

नवनीत धलिवालले ४६, श्रीयांश मोभाले ४०, प्रगत सिंहले ३८, निकोलस किर्टनले २० र दिलप्रीत बाजवाले १९ रनको योगदान गरे। क्यानडा दुई खेलाडी बाहेक सबै ब्याट्सम्यानले दोहोरो अंकको रन बनायो। २८६ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम खेल पर्सि सोमबार हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP