Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

यसै वर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार हुने चीनको दावी

काठमाण्डौ – चीन सरकारले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप तयार हुने दावी गरेको छ ।

सरकारको सम्बन्धन पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन चीनले जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । ढिलोमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने चीन सरकारले दावी गरेको छ । 

चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन ९एसएएसएसी० ले सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको खबरमा उल्लेख छ । वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्सले खोप बनाइरहेका छन् ।

दुई हजारभन्दा बढी मानिसलाई खोप दिएको र अहिले यो खोप दोश्रो चरणको परिक्षणमा रहेको खबरमा उल्लेख छ । एसएएसएसीले प्रतिवर्ष एक सय मिलियनदेखि एक सय २० मिलियन डोज खोप उत्पादन गर्न सक्ने दावी पनि गरेको छ । 

खोप र औषधी पत्ता लागिनसकेकोले अहिले धेरै देश कोरोनाको सङ्क्रमण रोक्न लकडाउनलाई नै विकल्प ठानिरहेका छन् । विश्व स्वास्थ्य संगठनले समेत लकडाउन नै अहिलेको बिकल्प रहेको बताएको भएपनि लकडाउनका कारण अरु समस्याहरु शुरु भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

लामो समयको लकडाउनका कारण मानिसको जनजीवन प्रभावित हुनुको साथै अर्थतन्त्रमा नराम्रो असर परेको छ । खोपबाट मात्रै कोरोना महामारीलाई नियन्त्रणमा लिन सकिने भएकोले अहिले विश्वका थुप्रै बैज्ञानिकहरु कोरोनाविरुद्धको खोप र औषधि बनाउन लागिपरेका छन् । 

पाँच महिनाअघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका दुइ सय १३ देशमा पुगिसकेको छ । विश्वका ६१ लाख ५६ हजारभन्दा धेरै मानिसलाई सङ्क्रमित बनाएको कोरोना भाइरसका कारण तीन लाख ७० हजार ९ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।

२७ लाख ३४ हजार सात सय भन्दा धेरै सङ्क्रमित कोरोनालाई जितेर निको भएका वल्र्डओमिटरले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP