Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दुर्व्यवहार गर्ने होस्टल सञ्चालक पक्राउ

सुजता लिम्बू

विराटनगर : विराटनगर महानगर–८ स्थित मुनलाइट गर्ल्स होस्टल सञ्चालक मधु रेग्मीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

आफ्नो होस्टलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए।

पछिल्लो समय भाडाको घरमा नयाँ होस्टल सञ्चालन गर्दै थिइन्। उनलाई काठमाडौँ जानुपर्ने पैसा चाहिएपछि चैतको समेत एडभान्स मागेर छात्रामाथि दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ। छात्राले तत्काल दिन नसक्ने आशयसहितका कुरा राखेको देखिन्छ तर त्यति भन्नासाथ रेग्मीले जबरजस्ती गरी किताब, लुगा तथा ओछ्यान फ्याँकेकी थिइन्।

त्यसपछि उनलाई सम्झाउन खोज्दै गरेको पनि देखिन्छ। बारम्बार ‘निस्केर जा, तँ निस्केर जा’ जस्ता शब्द प्रयोग गर्दै रेग्मीले किताब तथा कपडा फ्याँकिरहेका वेला छात्रालाई झापड हानेको देखिन्छ। त्यस वेला छात्राले ‘आमा’ पुकार्दै आफ्नो साथीसँग अँगालोमा बेरिएको दृश्य भिडियोमा देखिन्छ।

घटनाको विषयमा स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस एकाइ समितिले निन्दा गर्दै अमानवीय व्यवहार गर्ने महिलामाथि कारबाही माग गरिसकेको छ। यस घटनामा विद्यार्थी संघ संगठनले समेत चासो दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP