Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

पत्रकार बन्न परीक्षा पास गर्नुपर्ने प्रस्ताव संसदमा दर्ता

काठमाडौं

जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने ? पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन ? यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।

आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । पत्रकारिता व्यवसायी परीक्षा भनिने यस्तो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेछ ।

काउन्सिलले वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा सञ्चालन गर्ने र त्यसका लागि पाठ्यक्रम पनि काउन्सिललेनै तयार गर्ने संशोधन प्रस्तावमा उल्लेख छ । संशोधन प्रस्तावमा भनिएको छ ‘काउन्सिलले पत्रकारिता व्यवसायी परीक्षाको पाठ्यक्रम,स्तर र प्रणाली निर्धारण गर्नेछ । यससम्बन्धी पत्रकारिताको विषयको अध्ययन अध्यापन शैक्षिक संस्थाहरुको आवश्यक सहयोग काउन्सिलले लिनेछ ।

पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने संशोधनमा उल्लेख गरिएको छ । पत्रकारको रुपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधी भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ । त्यसपछि उनीहरुले पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP