Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१८ ओभर २ बलमा गुजरात अलआउट‚ जित्न नेपाललाई ९९ रन चाहिने

काठमाडौँ : भारत भ्रमणमा गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज पहिलो खेलमा गुजरातले जितका लागि ९९ रनको लक्ष्य दिएको छ।

एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको टस जितेर पहिले फिल्डिङ रोजेका पाहुना कप्तान रोहित पौडेलको निर्णयलाई सही सावित गर्दै नेपाली बलरहरुले राम्रो प्रदर्शन गरेपछि गुजरात ९८ रनमै अल आउट भयो।

गुजरातको वापीमा गुजरातका लागि ओपनर रुद्र पटेलले सर्वाधिक २३ रन बनाए। गुजरातका लागि हेमांग पटेलले २० रन‚ सरल प्रजापतिले १७ रन‚ अभिषेक देसाईले ११ रन र स्मित पटेलले १० रन बनाए।

कुल स्कोर १९ रनमा गुजरातको पहिलो विकेट खसेको थियो। त्यसपछि नियमित अन्तरालमा विकेट खस्दा गुजरातले गतिलो योगफल तयार पार्न सकेन।

नेपालका लागि सर्वाधिक ४ विकेट गुलशन झाले लिए। करण केसीले १ ओभर मेडन राख्दै ३ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो। अभिनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले कुनै विकेट लिन सकेनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP