Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसएमएस फ्रेन्डसिप कप : ८ विकेटले जित्यो नेपालले

काठमाडौँ : एसएमएस फ्रेन्डसिप कपमा आज नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

भारत गुजरातको वापीमा भएको खेलमा जितका लागि ९९ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा २ विकेटमात्र गुमाएर भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेलले विजयी चौका प्रहार गर्दै नेपाललाई जित दिलाए। उनले अविजित ३३ रन बनाए भने अनिल शाहले अविजित रहँदै ३२ रन बनाए।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १७ रन बनाएर आउट भएपछि अनिल शाह मैदानमा आएका थिए। नेपालको पहिलो विकेटका रुपमा भुर्तेल आउट हुँदा कुल स्कोर ५ ओभरमा २८ रन थियो। २ छक्का प्रहार गरेका उनले तेजस पटेलको बललाई छक्का प्रहार गर्ने प्रयास गर्दा उनी क्याच आउट भए।

यसलगत्तै छैटौँ ओभरमा अर्का ओपनर आसिफ शेख पनि कुल १६ रन बनाएर बोल्ड भए। हेमांग पटेलको बलले उनको ब्याटको भित्री किनारा छुँदै स्टम्पको बेल्ज खसालेको थियो।

शेख आउट भएपछि कप्तान रोहित क्रिजमा उत्रिएका थिए।

गुजरातका लागि हेमांग पटेल र तेजस पटेलले १/१ विकेट लिए।

भोलि गुजरात र बडौदाबीच खेल हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP