Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाए २५ दिन थुनामा

पर्वत : स्वरूप परिवर्तन गरिएका मोटरसाइकलप्रति कडा निगरानी गरिरहेको कास्की प्रहरीले थप कारबाही गर्ने भएको छ।

सामान्यतया स्वरूप परिवर्तन गरिएका मोटरसाइकल फेला परे सम्झाई बुझाई छाड्ने वा केही रकम जरिवाना तिराउने गरेकोमा अब २५ दिनसम्म हिरासतमा बस्नुपर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा यो अभियान शुरु गरिएको हो।

समाजमा होहल्ला मचाउँदै हिँड्ने, चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगो समेत निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएर कास्की प्रहरीले कारबाही गरिरहेको छ।

तैपनि स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने लगायतका गतिविधि नरोकिएकाले अबदेखि स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने खालका मोटरसाइकल पार्किङ स्थलबाट समेत नियन्त्रणमा लिएर मोटरसाइकल चालकलाई २५ दिनसम्म थुनामा राखी कानुनी कारबाही गरिने कास्की प्रहरीले बताएको छ।

स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदूषण गर्ने गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने पसल सञ्चालक, व्यवसायी तथा मजदुरसँग समेत प्रहरीले अन्तरसंवाद गरेको छ।

यही क्रममा प्रहरीले गतराति पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा पार्किङ गरिएका ठाउँबाट ध्वनि प्रदूषण गर्ने सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP