Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन

पर्वत : पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो।

यसअघि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकामा सोमवारदेखि थप ५ घण्टा सेवा विस्तार गरी ओपिडी सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

दिउँसोमा मात्र ओपिडी सेवा सञ्चालन गर्दा विहान र बेलुका विरामी निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासो आउन थालेपछि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपिडी सञ्चालन गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए।

विहानदेखि साँझ अबेरसम्म सेवा सञ्चालन हुँदा दैनिक मजदुरीमा जाने, शिक्षक तथा अन्य कर्मचारीलेसमेत सहजरुपमा स्वास्थ्य परीक्षण गराउन पाउने उनको भनाइ छ।

विशेषगरी मजदुर, कर्मचारी, शिक्षकलगायतको सुविधाका लागि यो सेवा शुरु गरिएको हो। पर्वत अस्पतालले विहान र बेलुकाका समयमा ओपिडी’ शुरु गरेपछि दिवासत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकालाई राहत हुने उनले बताए।

दिउँसो मात्र सेवा प्रदान गर्दा बिरामीको घुइँचो बढी हुनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने भएपछि सेवा विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए।

उनका अनुसार दिवासत्रका रूपमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने गरेकामा अब विहान ७ बजेदेखि शुरु भई साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। थपिएको समयमा सेवा लिँदा कुनै पनि थप शुल्क नलाग्ने उनको भनाइ छ।

सेवाग्राहीको सहजताका लागि कर्मचारी तथा चिकित्सक थप समय अस्पतालमा खटिन तयार भएपछि समय पनि थप गरिएको डा बास्तोलाले बताए।

शनिवार र सार्वजनिक बिदाका दिनमा भने ओपिडी सेवा बन्द रहने जानकारी उनले दिए। उनका अनुसार थप गरिएको समयमा पनि स्वास्थ्य बिमितलाई बीमामार्फत सेवा उपलब्ध गराइनेछ।

विस्तारित सेवामा आउँदा बीमा कार्ड अनिवार्यरुपमा ल्याएको हुनुपर्ने सूचना अस्पतालले जारी गर्दै जानकारी गराएको छ। सार्वजनिक बिदाका दिनमा ओपिडी सेवा बन्द हुने भए पनि आकस्मिक सेवा २४सै घण्टा सञ्चालन हुनेछ।

मजदुर, शिक्षक, कर्मचारीलगायतले दैनिक काम छोडेर उपचारका लागि समय खचिर्नुपर्ने बाध्यता अन्त्य भएको डा बास्तोलाले बताए।

योसँगै चिकित्सक तथा सेवाग्राहीबीचको परामर्श सेवामा यथेष्ट समय मिल्ने, विहानै खाली पेटमा रगत परीक्षण गर्नुपर्ने सबै विरामीलाई सहज हुने, भिडभाडमा कमी भई सेवाग्राहीलाई लामो समय लाइनमा बस्नु नपर्ने, ‘ओपिडी रिफर’ हुनुपर्ने विरामीले समयमा नै रिफर भएर जान पाउनेलगायत सुविधा हुने उनको भनाइ छ।

गत आइतवार मात्रै प्रदेशको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले पहिलो मन्त्रिपरिषद् बैठकबाट जिल्ला अस्पतालको ओपिडी सेवालाई विस्तार गर्ने निर्णय गरेका थिए।

उनको निर्णय कार्यान्वयन नहुँदै पर्वत अस्पतालले भने आफ्नो पूर्वतयारी अनुसारको सेवा विस्तार गरेको जनाएको छ।

सेवा विस्तार भएसँगै विहान ३ घण्टा र साँझ २ घण्टा गरी थप ५ घण्टा कर्मचारी तथा चिकित्सक खट्नुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले जानकारी दिए।

सेवा विस्तार गरे थप जनशक्ति व्यवस्थापन गर्न नसकिएको उनले बताए। प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने उनको माग छ।

पर्वत अस्पतालमा दैनिक २५० देखि ३ सयसम्म विरामी उपचारका लागि आउने गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP