Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

जनकपुरधाम : जनकपुरधाममा एक महिला र बालिकाको शव जलेको अवस्थामा फेला परेको छ। जनकपुरधाम उपमहानगर-१६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा शव जलिरहेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार राति करिब ९ बजेको समयमा प्रहरीमा खबर आएपछि प्रहरी पुग्दा शव पूर्ण अवस्थामा जलेको थियो।

सोही ठाउँमा एक बालिकासमेत जलेको अवस्थामा फेला परेकी थिइन्।

नायव उपरीक्षक अवाले भने, ’महिलाको शव पूर्णतया अवस्थामा जलिसकेकाले चिन्ने अवस्था थिएन। महिलाको मृत्यु भइसकेको थियो। छेउमै ८/९ महिनाको बालिकासमेत जलेको तर जिउँदै अवस्थामा रहेकाले प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेकोमा केही समयपछि बालिकाको समेत मृत्यु भएको हो।

प्रवक्ता अवाका अनुसार प्रहरीले अनुसन्धान गर्दै जाँदा महोत्तरीको मनरा सिसवा नगरपालिका-२ की प्रियंका महतो रहेको खुल्न आएको बताए।

शवलाई चिन्नका लागि प्रहरीले उनको परिवारजनलाई खबर गरेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ताले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP