Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हात्तीपाइलेको औषधी खाएपछि ६५ वर्षीया वृद्धाको मृत्यु

 

काठमाडौं : हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा झापामा एकजना वृद्धाको मृत्यु भएको छ। सरकारको यसपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापा सहितका सात जिल्लामा चलिरहेको छ।

बिहीबार भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्य जटिलता देखिएको र स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

अहिले मृतकको शव पोस्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ।

तर, हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘हामीलाई अहिलेसम्म हात्तीपाइले रोग विरुद्धको औषधीकै सेवनका कारण बिरामीको मृत्यु भएको भन्ने विषय पुष्टि भएको छैन, हामी पनि बुझ्दै छौँ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले पनि हालसम्म हात्तीपाइले विरुद्धको औषधीको सेवनकै कारण मृत्यु भएको भन्ने खबर रिपोर्ट नभएको बताए।

तर, अहिले उक्त औषधी खुवाउने अभियान चलिरहेको भन्दै अभियानमा नकारात्मक प्रभाव पर्ने हुँदा सरकारले औषधी सेवनकै कारण मृत्यु भएको घटना सार्वजनिक गरेको छैन। तर, उक्त घटना बाहिरिएलगत्तै हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको सहितको टिम झापा पुगेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले गत आइतबार देशका सातवटा जिल्ला (झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, कपिलवस्तु र महोत्तरी)मा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु गरेको थियो।

हात्तीपाइले रोगबाट बच्न का लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ र आइभरमेक्टिन नामका तीन औषधि खुवाउने भएको हो। रगत र पेटमा भएका परजीवी जुका मार्न ती औषधि खुवाइन्छ। चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवी जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP