Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै ग्लोबल आइएमई बैंक

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लाष्टिक’ (प्लाष्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यास अनुसरण गर्ने भएको छ।

यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लाष्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धता समेत जनाएको छ। वातावरणमैत्री यो कदम बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भई सबै प्रादेशिक कार्यालयमार्फत देशभरका सम्पूर्ण शाखा कार्यालयमा विस्तार हुनेछ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लाष्टिक खपत न्यूनीकरण गर्ने र प्लाष्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलाप गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार एक सयभन्दा बढी सेवाकेन्द्र छन्।

ग्लोबल आइएमई बैंकले आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP