Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सर्ने रोगको तुलनामा नसर्ने रोगले धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट मृत्यु हुनेको सङ्ख्या उच्च रहेकोमा चिन्ता व्यक्त गरेका हुन्।

काठमाडौँमा आज ‘नेपाल डाइबिटिज’ संस्थाले आयोजना गरेको ‘डाइबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले मधुमेह नियन्त्रणमा जोड दिए।

“यो रोगलाई निर्मूल पार्न नसके पनि अनुशासित जीवन शैली, खानपान, शारीरिक व्यायाम, नियमित स्वास्थ्य जाँच र समयमै औषधि सेवन गरी नियन्त्रणमा राख्न सकिन्छ,” उनले भने, “मधुमेह ‘क्रोनिक मेटाबोलिक’ रोग हो, जुन रगतमा ग्लुकोज ९चिनी० को मात्रा उच्च स्तरमा पुगेपछि लाग्छ। समयमै यो रोगको पहिचान, निदान, व्यवस्थापन र रोकथाम गर्न नसके व्यक्तिको शरीरमा विभिन्न किसिमका जटिलता निम्त्याउन सक्छ।”

नेपालजस्तो विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु र रोगको परीक्षण समयमा हुन नसक्नुले समस्या भएको उनले बताए। “परीक्षणको अभावले गाउँघरमा मधुमेहबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएकामा चिन्तित छु,” उनले भने, “शरीरमा प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिनको उत्पादन गर्न छाडेपछि लाग्ने यो रोग तीन दशकयता विश्वमा नाटकीय रुपमा बढेको तथ्याङ्कहरुले देखाएको छ।”

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको प्रतिवेदनअनुसार विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेह छ, जसमध्ये अधिकांश निम्न र मध्यम आय भएका देशहरुमा बसोबास गर्दछन् । यसैगरी, प्रत्येक वर्ष १५ लाख मानिसको मृत्यु मधुमेहकै कारणले हुने गरेको छ।

उपराष्ट्रपति यादवले यी डरलाग्दा तथ्याङ्कहरुले मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर नरहेको उल्लेख गर्दै सबैलाई आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत, सावधान र गम्भीर बन्न आग्रह गरे। उनले सीमित स्रोत र साधनका कारण स्वास्थ्य परीक्षण, परामर्श र औषधि उपचारका लागि ‘डाइबिटिज नेपाल’ जस्ता संस्थाहरु ग्रामीण भेगमा पुग्न जरुरी रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP