Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खेलकुद मन्त्रालयको बजेटले लुँडो र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो र बाघचाल मात्र खेलाउन सक्ने अवस्था रहेको बताएका छन्।

संसदको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार बोल्दै मन्त्री श्रेष्ठले अत्यन्त कम बजेटमा मन्त्रालय चलाउनुपरेको बताए।

देशभरका जनप्रतिनिधिहरू योजना माग्न आइरहेको भन्दै उनले देशको बजेटभन्दा ठूलो खेलकुद पूर्वाधारको माग भएर आएको उनले बताए।

‘अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुँडो, चेस र बाघचाल मात्र हो।’ मन्त्री श्रेष्ठले भने।

बजेटकै अभावमा खेलकुदमा समय सापेक्ष काम गर्न नसकेको भन्दै उनले जीर्ण भइसकेका रङ्गशालाहरूको मर्मत गर्न नसकिएको बताए।

राष्ट्रिय खेलकुद परिषदले रंगशाला संचालन प्रयोग तथा मर्मतको कार्यविधि बनाइसकेको भन्दै मन्त्री श्रेष्ठले बोर्ड बैठकले त्यसलाई पारित गरेपछि व्यक्तिले नभइ विधिले रंगशाला मर्मतको काम अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP