Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जेठ महिनाका लागि बैंकहरुको ब्याजदर सामान्य घट्यो

काठमाण्डौ – वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार वैशाख महिनाको तुलनामा सामान्य घटेको हो ।

वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७ दशमलव १४ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले जेठ महिनामा औषतमा ७ दशमलव ०६ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् ।

यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा शून्य दशमलव ०७ प्रतिशत विन्दुले घटेको छ । १९ वाणिज्य बैंकहरुमध्ये ९ बैंकहरुले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राख्ने भएका हुन् ।

एनएमबी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले भने बढाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP