Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

६५ दिनमा निक्लेका उपेन्द्र : विदेश भ्रमण गए, आफ्नालाई सरुवा गर्न भ्याए

‘नीतिगत काम र दीर्घकालीन निर्णय शून्य’

सविना खनाल

काठमाडौं : दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनामै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारबाट बाहिरिएका छन्।

उनले आज बुझाएको राजीनामा पत्रमा वर्तमान समयमा विकसित नयाँ राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भन्दै राजीनामा दिनुपरेको उल्लेख गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादव गत २७ फागुनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा नियुक्त भएका थिए।

जनसंख्या विकाससम्बन्धी ३०औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सहितको प्रतिनिधिमण्डल अमेरिका गएकै समयमा पार्टी फुटेपछि उनी वर्तमान गठबन्धनसँग रुष्ट थिए।

मन्त्री यादवको नेतृत्वको सो भ्रमण २७ अप्रिल (१६ वैशाख) शनिबार अमेरिका गएर ३ मे मा स्वदेश फर्किएको थियो। स्वदेश फर्किएको यो एक हप्तामा पनि उनी मन्त्रालयको काममा भन्दा पार्टीगत काममा नै बढी सक्रिय हुने गरेका थिए।

मन्त्रालयका एक महाशाखा प्रमुखले भने, ‘नीति तथा कार्यक्रम आउने बेलामा यो एक हप्तामा मन्त्रीज्यूको सक्रियता भइदिए आगामी नीति तथा कार्यक्रम निर्माणमा धेरै राम्रो हुन्थो तर पछिल्लोपटक अमेरिकाबाट फर्किएपछि उहाँ विरलै मात्रै मन्त्रालय आएर मन्त्रालयगत काममा सहभागी हुनुभयो।’

दुई महिनामा नीतिगत काम शून्य, अमेरिका घुमेर आए

दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा गएका थिए। राष्ट्रसंघको जनसंख्या विकाससम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भन्दै आफ्नो निजी सचिव, सचिव र मन्त्रालयका केही महाशाखा प्रमुख लिएर उनी अमेरिका पुगेका थिए।

मन्त्री उपेन्द्र यादवको नेतृत्वमा समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडाको टोली लिएर अमेरिका पुगेका थिए।

सामान्यतया यो कार्यक्रममा मन्त्रीस्तरीय सहभागिता अनिवार्य नभए पनि उनी मन्त्रालयको टोलीसहित अमेरिका पुगेका थिए। तर, त्यही रहेको समयमा समयमा पार्टी फुटेपछिको घटनाक्रमबाट उनी सोमबार जिम्मेवारी समालेको दुई महिनामा नै मन्त्रालयबाट बाहिरिएका हुन्।

यसअघि २०७५।०७६ मा पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेको उनी त्यस समयमा झण्डै १५ महिना उपप्रधानसहित स्वास्थ्य मन्त्री रहेका थिए। तर त्यस समयमा पनि उनी अत्यधिक विदेश भ्रमण गरेको भन्दै आलोचित भएका थिए। त्योवेला १५ महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका यादवले १४ महिनामा १५ पटक विदेश भ्रमण गरेका थिए।

आफ्ना मान्छेलाई सरुवा गर्न भने भ्याए

वार्षिक कार्यक्रम बनाउने समयमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समाल्न मन्त्रालय छिरेका यादवले यो दुई महिनामा दीर्घकालीन असर गर्ने नीतिगत काम खासै केही गरेनन्। तर, यस बीचमा उनले आफ्ना मान्छेलाई सुरक्षित ठाउँमा सरुवा गर्न भने भ्याएका छन्।

यही वैशाख ६ गते एकैपटक दशौँ र एघारौँ तहका १८ जना चिकित्सक नर्सको जिम्मेवारी हेरफेर गरेका उनले राष्ट्रिय ट्रमा सेन्टरमा एघारौँ तहका प्रमुख कन्सल्टेन्टलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाएर दशौँ तहका कन्सल्टेन्ट (डा. प्रमोद यादव)लाई उक्त जिम्मेवारी दिएका छन्।

चारवटा संघीय अस्पतालका एघारौँ तहका चिकित्सक नर्सलाई प्रदेशको मुख्यमन्त्री कार्यालयले जिम्मेवारी दिनेगरी कामकाजमा खटाएका छन्। सोही तहका १२ जना चिकित्सक नर्सलाई पनि अन्तर मन्त्रालय सरुवा गरेका छन्।

यसैगरी, मन्त्री यादवले आफ्ना मान्छेलाई जागिर खुवाउन यस बीचमा मरिमेटेर लागेको देखिन्छ। कोभिड महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको पुष्टि भएर जागिरबाट निकालिएका गंगालाल हृदयरोग उपचार केन्द्रका तत्कालीन वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई स्वास्थ्यमन्त्री यादवको जोडबलमा पुनः काममा फर्काइसकिएको छ।

मन्त्रालयका कर्मचारीहरूका अनुसार आफ्ना मान्छेलाई मात्रै सुरक्षित गराउनतर्फ मन्त्री यादव योपटक पनि लाग्न थालेका थिएयो दुई महिनामा उनले मन्त्रालयले खासै नीतिगत रूपमा खासै उपलब्धि हुने निर्णय गरेन।

खालि मन्त्रालयको नियमित काम र उपयुक्त स्थानमा आफ्ना मान्छेलाई नियुक्त गर्नेतिर मात्रै उनले ध्यान दिएका थिए।
मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘स्वास्थ्यले उपप्रधानस्तरीय मन्त्री पाउँदा धेरै ठूला नीतिगत काम गर्न सक्ने ठाउँ हुन्छ। फेरि यो समय भनेको नीति तथा कार्यक्रम बनाउने समय हो। यस्ता वेला जिम्मेवारीमा आएका मन्त्रीहरूलाई धेरै काम गर्ने अवसर हुन्छ तर उहाँले यो बीचमा मन्त्रालयको नीतिगत काममा भन्दा पनि आफन्तलाई सेटल गर्ने र अन्य लाभदायी काममा इच्छा भएको देखिन्थ्यो।’

राजनीति घटनाक्रम यसरी विकास नभएको भए अमेरिकाबाट फर्केपछि मन्त्री यादवले मन्त्रालयका महाशाखा प्रमुखदेखि केही ठूला संघीय र प्रदेश अस्पतालहरुको निर्देशकको जिम्मेवारी हेरफेर गर्ने तयारीमा रहेको यसअघि नै उनको सचिवालयले जनाएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP