Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अनुमति नलिई धमाधम शाखा विस्तार गर्दै आईभीएफ सेन्टरहरू

काठमाडौं : अनुमति नलिई इनभिट्रो फर्टिलाइजेशन (आईभीएफ) सेन्टरहरूले शाखा विस्तार गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराउन थालेको छ।

हालै मात्र स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले काठमाडौंमा सञ्चालित वात्सल्य नेचुरल आईभीएफ प्रालिले अनुमति नलिई शाखा विस्तार गरेको भन्दै त्यस्तो नगर्न पत्रचार गरेको छ। मन्त्रालयले उक्त आईभीएफ सेन्टरलाई काटेको पत्रमा भनिएको छ‚ ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७७ मा रहेकाले सोही बमोजिम गर्नु गराउनु हुन अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा यस मन्त्रालयको निर्णयअनुसार अनुरोध छ।‘

यो प्रतिनिधि घटना मात्रै हो पछिल्ला समयमा काठमाडौं लगायतका शहरमा खोलिएका आईभीएफ सेन्टरहरूले मन्त्रालयसँग अनुमति नलिने र शाखा विस्तार गर्दा पनि अनुमति नलिई गर्ने प्रचलन बढ्दै गएको छ।

जनस्वास्थ्य सेवा नियमावलीअनुसार आईभीएफ सेवा सञ्चालन गर्न, सञ्चालन भएका सेन्टरहरूको सेवा विस्तारका लागि शाखा खोल्न मन्त्रालयबाट अनिवार्य इजाजत लिनुपर्ने हुन्छ। तर धेरै आईभीएफ सेन्टरहरूले दर्ता मात्रै होइन शाखा विस्तार गर्दा समेत अनुमति नलिई गर्ने गरेपछि मन्त्रालयले त्यस्तो नगर्न सेन्टरहरूलाई पत्र पठाउन थालेको हो।

जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार अनुमति नलिई आईभीएफ सेवा सञ्चालन गर्नु गैरकानूनी मानिन्छ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका एक कर्मचारीले भने‚ ‘आईभीएफ सेन्टरहरूले स्वास्थ्य सेवाको दृष्टिकोणभन्दा पनि व्यावसायिक तरिकाले यस्ता सेन्टरलाई लिने गर्छन् जसले गर्दा सेवा शुरु गर्न मात्रै होइन अहिले सेवा विस्तार गर्दा समेत अनुमति नलिज्ञ खुल्लमखुला शाखा विस्तार गर्न थालेका छन, अहिले निजी क्षेत्रबाट भइरहेको स्वास्थ्य सेवामा आईभीएफ सेन्टरहरूले कानूनलाई बेवास्ता गर्दै आएको देखिन्छ, हामीले यसरी गैरकानूनी गरिकाले सञ्चालन हुने यस्ता सेन्टरहरूलाई थाहा पाएसम्म सचेत गराउने गरेका छौँ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति लिएर सञ्चालन हुने आईभीएफ सेन्टर एकदमै न्यून छन्। मन्त्रालयको विवरणअनुसार अनुमतिको प्रक्रियामा रहेका ४० वटा आईभीएफ सेन्टरले सेवा दिइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौवटा आईभीएफ सेन्टरले टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन्। हाल देशका विभिन्न शहरमा ५० भन्दा बढी आईभीएफ सेन्टर सञ्चालनमा रहेको मन्त्रालयको अनुमान छ।

सरकारले संघीय अस्पतालमा आईभीएफ सेवा सञ्चालन गर्ने घोषणा गरे पनि हाल यो सेवा सरकारीतर्फ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मात्रै रहेको छ। प्रसूतिगृहमा वि.सं. २०६८ सालदेखि आईभीएफ सेवा सञ्चालनमा थियो। सरकारी अस्पतालहरूमा यो सेवा विस्तार नहुँदा हाल निजी क्षेत्रबाट खोलिएका सेन्टरहरूले सेवा लिन बाध्य छन्।

के हो आईभीएफ प्रविधि (टेस्ट्युब)

प्राकृतिक रूपमै महिलाको पेटमा गर्भ नरहेको खण्डमा पुरुषको शुक्रकीट र महिलाको डिम्ब निकालेर प्रयोगशालामा राखी भ्रूण विकास भएपछि गर्भाधान गराएर महिलाको पाठेघरमा राखिन्छ। प्रायजसो यस्तो प्रविधिबाट पाठेघरको नलीमा समस्या भएर बच्चा जन्माउन नसकेका महिलाहरू र शुक्रकीट बन्न नसकेका पुरुषहरूको डिम्ब र शुक्रकीट संकलन गरी सिसाको ट्युबमा राखेर भ्रूण तयार पार्ने प्रक्रिया शुरु गरिन्छ।

४८ घण्टामा यो प्रक्रिया पूरा हुन्छ। महिलाको पाठेघरको नलीमा हुने उक्त प्रक्रियालाई बाहिर ट्युबमा राखेर गराइने प्रक्रिया हो।

यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रूणलाई सिरिन्जको माध्यमबाट महिलाको पाठेघरको भित्तामा लगेर राखिन्छ। त्यसपछि महिलाको पाठेघरमा साधारण अवस्थामा जस्तै भ्रूण विकसित भई बच्चा बन्ने प्रक्रिया शुरु हुन्छ र प्राकृतिक रूपमा गर्भवती भएका महिलाले जस्तै ९ महिना पुगेपछि बच्चाको जन्म हुन्छ। त्यसैले यसरी जन्मने बच्चालाई टेस्टट्युब बेबी भन्ने गरिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP