Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लगानी र पुँजीगत खर्च उत्पादनशील भएन : गभर्नर अधिकारी

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको पुँजीगत खर्च र बैंक कर्जाको लगानी उत्पादनशील नभएको गुनासो गर्दै आगामी आव ०८१/८२ को मौद्रिक नीति खुला भएर लचिलो ल्याउने बताएका छन्।

आइतवार काठमाडौँमा भएको इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका छ। उनले राष्ट्र बैँकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समीक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताए।

उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने बताए।

उनले कर्जाको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउन निजी क्षेत्रलाई आग्रह गरे। उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको दावी गरे।
उनले बजेटमा इमान्दार प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजान सकिन्छ भन्ने कुरालाई मुख्य जोड दिइएको बताए। उनले कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिएको बताए।

‘अर्थमन्त्रीले आगामी आवको बजेट इमान्दारीपूर्वक ल्याउनुभएको छ। सबैभन्दा महत्वपूर्ण पक्ष निजी क्षेत्रलाई कसरी साथमा लिन सकिन्छ भनेर बारम्बार सम्बोधन गर्न खोजिएको छ‚’ उनले भने, ‘सूचना प्रविधिमा सूचना केन्द्र, हब बनाउने विषय छन्। गत एक वर्षमा मात्रै ७० अर्बको प्रविधि निर्यातलाई आगामी दिनमा क्यास गर्न सकिन्छ भन्ने सोचबाट बजेट आएको छ। ६० प्रतिशत रहेको कृषिलाई प्राथमिकतामा राख्ने कुराहरु परेका छन्।’

उनले मौद्रिक नीतिबारे छलफल शुरु गरेको भन्दै कर्जा र ब्याजदर धेरैको चासो रहेको बताए। गभर्नर अधिकारीले एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा एकोमोडेटिप पोलिसी अपनाएको बताए।

‘मौद्रिक नीतिमा छलफल शुरु गरेका छौँ। मौद्रिक नीति सबै क्षेत्र र सरोकारवालाहरुलाई राखेर पनि छलफल गर्छौं। कर्जा र ब्याजदर धेरै चासो भएको छ‚’ उनले भने, ‘एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिसकेका छौँ।’

उनले नेपालको लगानी, पुँजीगत खर्च उत्पादनशील नभएको बताए। उनले लगानी उत्पादनशील बनाउन राष्ट्र बैंकले लिएका नीतिअनुसार बैंकको लगानी सही ठाउँमा उपयोग गर्न आवश्यक रहेको बताए।

‘मेरो गुनासो पनि छ। नेपालको लगानी उत्पादनमूलक भएन‚ पुँजीगत खर्च पनि उत्पादनशील भएन। लगानी उत्पादनशील बनाउन राष्ट्र बैंकले लिएका नीतिहरु बैंक स्रोतलाई सही ठाउँमा सदुपयोग भएन‚’ उनले भने, ‘कर्जाको लगानी उत्पादनमूलक क्षेत्रमा लगाएनौँ। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुला भएर बनाउँछौँ।’

उनले बजेटले लिएको लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा आफू ढुक्क रहेको दावी गरे। उनले यसपल्टको बजेटमा विकास र निजी क्षेत्रलाई सँगै लिएर जाने हुटहुटी देखिएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP