Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विदेशी डाक्टरको सहयोगबिनै टिचिङमा पाँचौँपटक कलेजो प्रत्यारोपण

काठमाडौं: विदेशी अस्पतालका ‍चिकित्सकहरू बिना नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ।

अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नेतृत्वको टिमले शुक्रबार साँझ कलेजो प्रत्यारोपण गरेको हो। प्राडा भण्डारीका अनुसार धनगढीका एक पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो।

शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको प्रत्यारोपण अपरान्हसम्म चलेको प्राडा भण्डारीले बताए। ४२ वर्षीय ती बिरामीलाई उनकै ४० वर्षीया पत्नीले कलेजो दान दिएकी हुन्।

योसँगै त्रिवि शिक्षण अस्पतालमा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालका २०८० पुस २७ गते नेपाली चिकित्सकहरूकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP