Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अपहरण तथा जबरजस्ती करणी मुद्दामा कास्कीबाट दुईजना पक्राउ

पर्वत : अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा बस्दै आएका २१ वर्षीय अरुण कुमार दास र भारतको बिहार प्रदेशको सितामणि जिल्लास्थित डुमरा थाना सुरसड पक्ष्मी–१ सुरसड गाउँ घर भई हाल रानीपौवामा नै बस्दै आएका १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार उनीहरूले गत असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई ललाई फकाई तथा डर त्रास देखाई पोखरा ल्याएका थिए। उनीहरूले ती बालिकालाई ग८प ४२८० नम्बरको मोटरसाइकलको बिचमा राखी भाग्न नदिई पोखरा महानगरपालिका–११ रानीपौवामा रहेको डेरामा ल्याएर बन्धक बनाए।

सोही राति सामूहिक रूपमा जबरजस्ती करणी गरी बिहान साढे तीन बजेको समयमा पोखराबाट तनहुँ फर्किँदै गरेका थिए। पोखरा महानगरपालिका–३० पावर हाउसस्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरीले ‘चेकिङ’ गरिरहेको देखेपछि दास र कुमार भाग्न खोज्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाका विषयमा थप अनुसन्धान गर्न कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा गत असार १८ गतेबाट लागू हुने गरी पहिलोपटक आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP