Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एशिया कप अभ्यास खेल : श्रीलंकासँग ३३ रनले हार्‍यो नेपाल

काठमाडौँ : महिला एशिया कपका लागि आज खेलेको पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग नेपाली महिला क्रिकेट टोली ३३ रनले पराजित भएको छ। नेपालले जितका लागि ११९ रनको लक्ष्य पाएको थियो।

नवौँ संस्करणको एसीसी महिला एशिया कपमा सहभागी हुन श्रीलंका पुगेको नेपाली महिला क्रिकेट टोलीलाई श्रीलंका डेभलपमेन्ट ११ ले जितका लागि ११९ रनको चुनौती दिएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाउँदै नेपाललाई जितका लागि ११९को लक्ष्य दिएको थियो।
घरेलु टोलीका लागि आई डुलानी र के नुथ्यांगना दुवैले ४१/४१ बल खेलेर २७/२७ रन बनाए।

नेपालका लागि शबनम राईले १४ रन खर्चेर ३ विकेट र राजमती ऐरीले १२ रन दिएर १ विकेट लिए।

तर १५ ओभरमा छोट्याइएको खेलमा जितको लक्ष्य पनि ९६ रन पाएको नेपालले १५ ओभर खेलेर ९ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो र ३३ रनले पराजित भयो।

नेपालका लागि रुबिना क्षेत्रीले १७ बलमा १७ रन र सीता राना मगरले २८ बलमा ११ रन बनाए।

घरेलु टोलीका लागि देमी विहंगाले ७ रनमात्र खर्चेर ३ रन र एम शिवानी १० रन दिएर २ विकेट लिए।

नवौँ संस्करणको एशिया कप प्रतियोगिता शुरु हुनुअघि नेपालले ३ अभ्यास खेल खेल्नेछ।

एशिया कप आगामी साउन ४ गतेदेखि १३ गते (जुलाई १९ देखि २८) सम्म श्रीलंकामा हुँदै छ।

प्रतियोगितामा आयोजक श्रीलंका, बंगलादेश, मलेशिया, थाइल्याण्ड, नेपाल, भारत, पाकिस्तान र यूएईसहित ८ टोली सहभागी हुनेछन्।

सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP