Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अमेरिकामा विमान दुर्घटना‚ मृतकको संख्या अज्ञात

वासिङटन : अमेरिकाको व्योमिङको जंगल क्षेत्रमा विमान दुर्घटना भएको छ। दुर्घटनाका कारण जिलेट नगर नजिकै फैलिएको १० एकडको जंगलमा आगो लागेको छ।

क्याम्पबेल काउन्टीका अधिकारीले सोशल मीडियामार्फत उक्त दुर्घटनाको जानकारी दिएका छन्। दुर्घटना जिलेट नगर नजिकै स्थानीय समय शुक्रवार दिउँसो १ बजे भएको थियो।

क्याम्पबेल काउन्टी अन्डरशेरिफ क्वेन्टिन रेनल्ड्सले दुर्घटना हुनुपूर्व विमानका चालकले विमानमा गडबडी भएकाले आपत्‌को अवस्थामा रहेको जानकारी दिएका थिए। विमान चालकबाट सूचना आएलगत्तै विमान दुर्घटनामा परेको थियो। विमान करिब १० हजार फिटको उचाइमा रहेका वेला दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनास्थल नजिकै धुवाँको मुस्लो देखेपछि स्थानीय बासिन्दाले फोनमार्फत प्रशासनलाई जानकारी दिएका थिए। अधिकारीहरूले विमान दुर्घटनाका कारण जंगलमा भीषण आगलागी भएको बताएका छन्।

उद्धारकर्ता दुर्घटनास्थलमा स्थानीय समय शुक्रवार साँझसम्म पुगेका थिएनन्। शनिवार उनीहरू पुग्ने अपेक्षा गरिएको छ।

विमानमा चढेका यात्रीका बारेमा कुनै जानकारी उपलब्ध हुन सकेको छैन। सबै यात्री मरेको आशंका गरिएको छ।

कैयौँ मीडियाले विमानमा ७ जना रहेको दावी गरेका छन्। विमानले नेब्रास्कामा इन्धन भरेको थियो। नेब्रास्का सिटी एयरपोर्टका व्यवस्थापकले उक्त विमानमा २०० ग्यालेन इन्धन भरेको जानकारी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP