नन्दु यादव, साउन २३ (पश्चिम नवलपरासी)
नवलपरासी मा सिमा क्षेत्रबाट अबैधरुपमा ल्याईरहेका सामानहरु सशस्त्र प्रहरी बल नवलपरासीले धमाधम नियन्त्रण मा लिन थालेकाे छ ।सशस्त्र प्रहरी बल नवलपरासी ले निकै कडारुपमा निगरानी बढाएपछि नवलपरासीमा तस्करीमा कमि अाएकाे स्राेतले बताएकाे छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जिल्ला कमान्ड सम्हाले पछि जिल्लामा शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध, विपत व्यवस्थापन तथा अवैध मालसामान नियन्त्रण जस्ता विषयहरुलाई प्राथमिकता मा राखी कार्य सम्पादन गर्दै आउनु भएकाे छ।एसपि प्रकाश वाग्लेले जिल्ला काे प्रमुखकाे रुपमा कमान्ड सम्हाले पछि तस्करहरुकाे भागाभाग मच्चेेेका छ ।
अहिले तस्करहरु तस्करी गर्न पाएका छैनन।अाफु सक्रियताका साथ अाफ्ना मातहतका सबै युनिटहरुलाई तस्करी राेक्न कडा निर्देशन दिदै अाएका छन।यसै गरि सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासी अन्तर्गत रहेकाे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प सेमरीले बर्दघाट १०भुतहाबाट भारतबाट अबैध रुपमा भन्सार चोरी निकासी तथा पैठारी गरी ल्याउँदै गरेको अवस्थामा रु.५,९७०००।- (पाच लाख सन्तानब्बे हजार) बराबरको २००० पिस मोवाईलको टेम्पर ग्लास , ९९०पिसमाेबाईल कभर र Up56F4997नम्बर सशस्त्र प्रहरी बल नेपाल सुरक्षाा बेश क्याम्प सेमरीबाट सप्रनि कृष्ण दाहालको कमाण्डमा खटिएको मोवाईल गस्ति टोलीले बरामद गरेेेकाेे हाे।
यसै गरि प्रतापपुर ६हरपुरबाट ९१हजार ५सय बराबर काे माेबाईका बिभिन्न पार्टपुर्जाहरु सशस्त्र प्रहरी बल नेपाल बिअाेपि गुठिप्रसाैनी ले नियन्त्रणमा लिएकाे छ । नियन्त्रणमा लिएकाे सामानहरु आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक वाग्ले ले जानकारी दिनु भयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया