Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्।

कैलाली, गोदावरी नगरपालिका-५ गेटा बजारबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीया अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ चौराहबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित भिमदत्त नगरपालिका-७ बस्ने २० वर्षीय जितेन्द्र बोहरा समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीहरूले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय कौसल महरा, २५ वर्षीय सौरभ सिंह र २४ वर्षीय मनोज सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुर शाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-२ अर्चलबोटबाट लागुऔषध गाँजा १ किलो २ सय ग्राम र पोल्याण्ड ८५ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पर्वत जलजला गाउँपालिका-५ लेकफाँट घर भएका २० वर्षीय आषिस गुरूङ, सोही महानगरपालिका-२ बिन्दबासिनी बस्ने २२ वर्षीय ओम पुन र सोही महानगरपालिका-१८ बस्ने २५ वर्षीय रोशन थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP