Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार

ललितपुर : कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी मंसिर २ देखि ९ गतेसम्म हुने १० औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुंगो लगाएको हो।

कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामाग्री, व्यवस्थपकीय पक्ष, १० औँ राष्ट्रिय खेलकुदमा लागु हुने नीतिनियमबारे छलफल गरिएको हो।

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य समेत गर्नेछ।

प्रतियोगिताको मुख्य आयोजनास्थल सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको कर्णाली खेलकुद विकास समितिले जनाएको छ ।

यो पटक ३६ वटा खेल सञ्चालन गरिँदैछ । जसमध्ये कर्णालीमा २४ खेल खेलाउने तयारी भएको छ ।

यसअघि नै दशौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ। लोगोमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झण्डा र कर्णाली नदीलाई समेटिएको छ । मस्कटमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP