Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कर्पोरेट क्रिकेट लिग शनिबारदेखि ललितपुरमा

ललितपुर : कपार्रेट क्रिकेट लिगको पहिलो संस्करण शनिबारदेखि हुने भएको छ। भेट्रान्स फोर्टी प्रालिको आयोजनामा हुने कर्पोरेट लिगमा २० वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन् ।

ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा हुने प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी पाउने आयोजकले जनाएको छ।

प्रतियोगितालाई गोदावरी स्टिल्सले मुख्य प्रायोजन गरेको छ। बुधबार आयोजक भेट्रान्स फोर्टीका सीईओ सन्तोष भण्डारी र गोदावरी स्टिल्सका बजार प्रमुख युवराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सहभागी हुने कुल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, आइएमई ग्रुप, प्रभु बैंक, सलिको इन्स्योरेन्स रहेका छन्। यस्तै समूह ‘बी’ मा जगदम्बा समूह, एनआईसी एसिया बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, लुम्बिनी बैंक र क्लाउड फ्याक्ट्री छन्।

समूह ‘सी’ मा आईसीएफसी फाइनान्स, डोग्मा ग्रुप, सानिमा जनरल इन्स्योरेन्स, क्वेस्ट फर्मा, नेपाल एसबीआई बैंक छन् भने समूह ‘डी’ मा केआईईसी, राष्ट्रिय वाणिज्य बैंक, प्राइम बैंक, अम्बे समूह र कर्मचारी सञ्चय कोष छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP