Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हाप्किडो संघको अध्यक्षमा यनिप महर्जन निर्वाचित

काठमाडौँ : नेपाल हाप्किडो संघमा यनिप महर्जन अध्यक्ष निर्वाचित भएका छन्।

संघको छैठौँ अधिवेशनले उन‍लाई अध्यक्ष निर्वाचित गरेको हो। शनिवार ललितपुरस्थित महालक्ष्मी नगरपालिका-६ सिद्धिपुरमा भएको कार्यक्रममा उनको नेतृत्वमा १७ सदस्यीय पदाधिकारी चयन भएको हो।

वरिष्ठ उपाध्यक्षमा नरेन्द्र महर्जन, उपाध्यक्षमा सानुराजा बज्राचार्य, महासचिवमा मनोजकुमार महर्जन, सचिवमा महेशराज बज्राचार्य, कोषाध्यक्षमा नितिसा महर्जन रहेका छन्।

यस्तै सदस्यमा रामकुमार राजथला, लभेन्द्र नेमकुल, नरेश महर्जन, इन्द्र महर्जन, सुरेशचन्द ठकुरी, आशिष परियार, सुकुराम लामा, ममता महर्जन, मन्दिरा महर्जन, रुपा नेपाली, प्रदिप शाही रहेका छन्।

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी महर्जनलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अध्यक्षमा निर्वाचित भएपछि महर्जनले यो खेलको अझ प्रवर्द्धन गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए। कोरियाली मार्शल आर्टअन्तर्गत पर्ने यो खेलमार्फत हरेक नेपालीको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए।

‘मसँग अति ऊर्जाशील समूह छ। हामी मिलेर यो खेललाई अझ आम जनसमुदायसम्म पुर्‍याउने हिसाबले काम गर्छौं’, उनले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP