Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कर्णाली रंगशाला पुगेर प्रचण्डले भने, दशौँ राष्ट्रिय खेलकुद समयमै हुनुपर्छ

सुर्खेत : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन्।

आगामी मंसिरमा तय गरिएको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए। ‘दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ’, शनिबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले भने, ‘यसमा पनि राजनीति गरेर दशौँ राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’

‘प्रचण्डले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाएको भन्दै उनले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए। उनले लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने मात्र नभई राष्ट्रिय खेलकुद आयोजना गर्न सकिने ढोका पनि खुलेको टिप्पणी पनि गरे।

अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल लगायत उपस्थित थिए।

यसैबीच अध्यक्ष प्रचण्डले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जित्ने पलेशा गोबर्धन लगायत खेल पदाधिकारीलाई बधाइ दिएका छन्। यो ऐतिहासिक जीत नेपालको गौरवको विषय भएको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP