Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले गति लिँदै

रासस

भरतपुर : लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ। संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो।

रंगशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै निर्माणको काम सन्तोषजनकरूपमा अघि बढेको बताइन्।

‘कामले गति लिइसकेको छ। कामदारको सङ्ख्या पनि उल्लेख्य छ’, उनले भनिन्, ‘तोकिएकै समयमा रंगशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौँ।’ उनले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताइन्।

महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो। निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताए।

उनका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रंगशाला निर्माण फेरि शुरु गरिएको छ। सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताए। उनका अनुसार अहिले २५० जना कामदार खटिएका छन्। उनका अनुसार पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण हुनेछ।

धुर्मुस-सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो। पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रंगशाला बन्नेछ। फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो। अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ। नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागेको ढकालले बताए।

महानगरपालिकाले ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का सम्झौता गरेको हो। फाउण्डेसनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको छ। सहयोग जुटाएर निर्माण शुरु गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेसनले बजेट अभाव भएपछि काम रोकेको थियो। अहिले पनि रंगशालाको ऋण १२ करोड रहेको फाउण्डेसनले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP