Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ताकेता गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) लगायतका सेवा सञ्चालन गर्न ठूला सरकारी अस्पतालहरूलाई पत्राचार गरेको छ।

स्वास्थ्य मन्त्रालयले वीर अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल तथा त्रिवि शिक्षण अस्पताल जस्ता ठूला अस्पताल सहित देशभरका ३४ वटा अस्पतालहरूलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ। ‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक विदाको दिन बहिरंग सेवा (ओपिडी) लगायतका सेवाहरू अरु दिनमा जस्तो सञ्चालन नहुने गरेको गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखि ध्यानाकर्षण गराएको थियो।

भदौ ७ गते पठाएको उक्त पत्रमा प्रधानमन्त्री कार्यालयले २०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्बन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ संख्या ५४ भाग ५ को सूचनामा स्पष्टसँग सार्वजनिक बिदाको दिन पनि सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन हुने व्यवस्था उल्लेख छ।

राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरू दिन जस्तै गरी बिदाको दिनमा पनि पूर्ण रूपमा बहिरंग सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। अस्पतालहरूले सार्वजनिक बिदाका दिन खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा दिनुपर्ने उल्लेख छ।

राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिन जस्तै गरी विदाको दिनमा पनि पूर्ण रुपमा ओपिडी समेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। तर अस्पतालहरूले सार्वजनिक विदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा विदा दिनु पर्ने उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP