Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

परिवारलाई समय दिन नपाउँदा चिकित्सकको सम्बन्ध विच्छेद बढ्यो : चिकित्सक संघ

काठमाडौँ : चिकित्सकहरूले सार्वजनिक बिदाका दिन पनि अस्पताल पुगेर बहिरंग सेवा लगायतका सेवा दिन नसकिने बताएका छन्।

नेपाल चिकित्सक संघले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूको बहिरंग सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति आफूहरूको आपत्ति रहेको जनाएको हो।

संघले हालकै अवस्थामा चिकित्सकहरूले अन्ताराष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि (काम गर्ने समय) हप्ताको ४० घण्टा तोके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको र सार्वजनिक बिदाको दिन पनि सेवा दिनुपर्ने अवस्था आए चिकित्सकहरूलाई पर्याप्त आरामको कमी हुँदा गुणस्तरीय स्वास्थ्य सेवामै असर पर्ने हुँदा यो निर्णय सच्याउन आग्रह गरेको हो।

संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘बिदाका दिनमा जटिल स्वास्थ्य समस्या भएका विरामीका लागि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन रहने कुरा सर्वविदितै छ। यसका बाबजुद स्वास्थ्यकर्मीहरूलाई पर्याप्त आराम गर्न नदिई अन्ताराष्ट्रिय अभ्यासविपरीत बिदाका दिनमा समेत बहिरंग सेवा सञ्चालन भएको खण्डमा स्वास्थ्यकर्मीहरूमा शारीरिक तथा मानसिक तनाव बढेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई विरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहन्छ। त्यसैले सार्वजनिक बिदाका दिन पनि बहिरंग सेवा सञ्चालन गर्ने सरकारको निर्णय अव्यवहारिक अवैज्ञानिक छ।’

यस्तै २०४८ सालदेखि सरकारी अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दरबन्दी नथपिएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा ज्यादै न्यून रहेकै अवस्थामा चिकित्सकहरूले आवश्यकताभन्दा धेरै समय सेवा गर्दा परिवारलाई समय दिन नसक्दा सामाजिक तथा पारिवारिक जीवनको सम्बन्धमा असर गर्न थालेपछि धेरै स्वास्थ्यकर्मीहरूको सम्बन्धविच्छेद जस्ता घटना बढेको र यस्तो अवस्थामा झन् धेरै समय काम गराउने सरकारको निर्णय अव्यवहारिक भएको संघले जनाएको छ।

‘अहिले नै कामको अत्यधिक बोझ तथा लगातारको तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिवारिक जीवनमा समेत गम्भीर असर पर्न गई परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्धविच्छेदसम्म हुने गरेका घटना देखिएका छन्। यसका साथै कतिपय स्वास्थ्यकर्मीहरूमा अत्यधिक तनावका कारण जटिल मानसिक समस्या उत्पन्न भई आत्महत्यासम्म गर्न थालेको घटना पनि देखा परिरहेको अवस्थामा बिदाको दिनमा समेत थप कार्यबोझ थपिदिने कार्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि ठूलो अन्याय हो। स्वास्थ्यकर्मीहरूलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकौशलको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नका लागि बिदा अपरिहार्य रहेको कुरालाई नकार्न सकिंदैन।’

त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनमा समेत बहिरंग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएकाले उक्त निर्णय अविलम्ब फिर्ता लिन हामी माग गछौँ’‚ संघका महासचिव डा तिवारीले भनेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक बिदाको दिन बहिरंग सेवा लगायतका सेवा अरु दिनमा जस्तो सञ्चालन नहुने गरेको गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखी ध्यानाकर्षण गराएको थियो।

त्यस पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल तथा त्रिवि शिक्षण अस्पताल जस्ता ठूला अस्पताल सहित देशभरका ३४ वटा अस्पतालहरूलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो। मन्त्रालयको यही निर्णयलाई संघले विरोध गरेको हो।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरंग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ। ‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP