Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अर्कैसँग लागेको आशंकामा सुन्दरीजल पुर्‍याएर प्रेमिकाको हत्या

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा शव भेटिएको महिलाको हत्या उनकै प्रेमीले गरेको खुल्न आएको छ।
गत बिहीबार बिहान करिब ९:४५ बजे सुन्दरीजलस्थित बागमतीको किनारमा शंकास्पद अवस्थामा एक अपरिचित महिलाको शव फेला परेको थियो।

शव केही शंकास्पद थियो भने शरीरमा चोटसमेत भेटिएपछि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो।

घटनाबारे अनुसन्धानमा जुटेको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको दुई दिनपछि शनिबार महिलाका प्रेमीसहित दुई जनालाई बसुन्धरा क्षेत्रबाट नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका ३ बस्ने ४० वर्षका राम विनय महरा र सर्लाहीकै बसगरिया गाउँपालिका ५ घर भई हाल काठमाडौं बसुन्धारा बस्ने २४ वर्षका सन्तोस राम महरा छन्। विनय सन्तोषका फुपाजु हुन्।
पक्राउ परेका राम विनय महरा मृतक महिलाको प्रेमी भएको खुल्न आएको काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।
महराले मृतक महिला सिराहा घर भई काठमाडौं ३ बसुन्धारा बस्दै आएकी रामदुलारी रहेको बयान प्रहरीसमक्ष दिएको छ।

यद्यपी, दुलारीको परिवार तथा आफन्त सम्पर्कमा आइनसकेको प्रहरीले बताएको छ। राम विनय पुलमुनि जुत्ता सिलाउने काम गर्दै आएका थिए भने मृतक रामदुलारी मजदुरीको काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका विनयले आफू र मृतक दुलारीबीच २ वर्ष अघिदेखि चिनजान भएको र प्रेम सम्बन्ध रहेको बताएका छन्। मृतक दुलारीले दिनहुँ जाँड रक्सी खाने तथा अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका गरी उनका प्रेमी राम विनय महराले हत्या गर्ने योजना बनाएका थिए। उनको योजनाअनुसार सन्तोष महरासँग मिलेर घटनाको दिन दुलारीलाई सुन्दरीजल पुर्‍याएका थिए।

घटनास्थलमा लगी विनय र सन्तोषले दुलारीलाई अग्लो स्थानबाट धकेलेर घाइते बनाएका थिए। दुलारी घाइते अवस्थामै रहेका बेला उनीहरू दुवै जनाले पालैपालो ढुंगाले पटक-पटक टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ।

हत्यापछि उनीहरुले सुन्दरीजलस्थित बागमती नदी किनारमा ढुंगाको चेपमा शव व्यवस्थापन गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP