Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालमा सरदर दैनिक २० जनाले आत्महत्या गर्छन्

काठमाडौँ : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेका छन्। आइतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालमा आर्थिक वर्ष २०८०।०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए। उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए।

आत्महत्याको दर बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए।

उनका जैविक, मानसिक रोग, शारीरिक, साइकोसोसियल‚ साइकोलोजिकल कारण रहेको बताए। त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए।

उनले भने, ‘आत्महत्याका धेरै कारण छन्। सबै व्यक्तिमा एउटै कारण त हुन्न तर मुख्य कारण हेर्दा जैविक कुरा, मानसिक रोगका कुरा छन्। फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण पनि छन्। सामाजिक र सांस्कृतिक कारण पनि छन्। आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन्। वार्षिक ७ लाख मानिसले आत्महत्याका कारणले मृत्यु वरण गर्दा रहेछन्। हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्दा रहेछन्।’

विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औं कारण रहेको बताए। आत्महत्याबाट विश्वमा वार्षिक ७ लाख मानिसको मृत्यु हुने गरेको छ। विश्वमा हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको उनले बताए।

यो वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP