Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराजमा उप निर्वाचन


नारद कोहार

कपिलवस्तु
शिवराज नगरपालिकामा उप चुनाव हुना लागेको छ । शिवराज नगरपालिका वडा नं। १० मा वडाअध्यक्षका लागि मंसिर ४ गते उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
शिवराज नगरपालिका वडा नं। १० की वडाअध्यक्ष शकुन्तला भारतीको क्यान्सरका कारण निधन भएको थियो । त्यहाँ वडाध्यक्षको पद रिक्त छ । उनले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेका थिइन् ।
शिवराज नगरपालिकामा ११ वटा वड़ा रहेको र अन्य सबैमा पुरूष निर्वाचित भए पनि उनी एक मात्र महिला वडाअध्यक्षमा निर्वाचित भएकी थिइन् । ३ सय १९ मत प्राप्त गरी विजयी भएकी शकुन्तलाका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिरथबहादुर रायमाझीले २ सय ३० मत प्राप्त गरेका थिए ।
उक्त वडामा ११ जना वडा अध्यक्षमा उम्मेदवार रहेकोमा स्वतन्त्र ५ र अन्य दलबाट ६, जसमा नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र, तत्कालीन एमाले, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा लडेका थिए ।
वडाको गत निर्वाचनमा जम्मा १ हजार ९ सय ६५ मतदाता रहे पनि १ हजार ३ सय ४१ मत खसेको थियो । संघ प्रदेश र स्थानीय चुनावपछि गत साउन १७ गते सम्ममा २ सय २८ मतदाता नयाँ थपिएका छन् । नयाँ थपिएका मतदातामध्ये १८ वर्ष पूरा भएका १ सय ३६ जनाले अब हुने निर्वाचनमा मात हल्न पाउने छन् भने ९२ मतदाता १८ वर्षमुनिका नाम दार्ता गराए पनि मत हाल्न नपाउने निमित्त निर्वाचन अधिकृत अनिता क्षेत्रीले जानकारी दिइन् ।
कपिलवस्तुमा ३ लाख ३४ हजार ९ सय ३३ जना मतदाता रहेका छन् । सो मध्ये १ लाख ८२ हजार ७ सय ९६ पुरुष, १ लाख ५२ हजार १ सय ३३ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।
जिल्लामा तीनवटै निर्वाचनपछि १४ हजार ५ सय ४ मतदाता नयाँ थपिएका छन् जसमा ६ हजार ९ सय ८८ महिला र ७ हजार ५ सय १६ पुरुष थपिएको अधिकृत क्षेत्रीले बताइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP