Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

किशोरकिशोरीको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

काठमाडौँ : सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार्न नयाँ कार्यक्रम शुरु गरेको छ। अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रमको थालेको हो।

विशेषगरी विपन्न र सीमान्तकृत समुदायका महिला, बालबालिका र किशोरकिशोरीको पोषण स्थिति सुधार्न यो परियोजना शुरु गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताएका छन्।

यूएसएआईडीको ७ करोड २० लाख अमेरिकी डलर अनुदान सहयोगमा कार्यान्वयनमा आएको यो परियोजना ५ वर्षसम्म रहने बताइएको छ। नेपालका ७ प्रदेशका ४८ जिल्लाका सबै ४९८ स्थानीय तहहरूमा कार्यान्वयन हुने यो तेस्रो परियोजनाले बहु-क्षेत्रीय पोषण योजनाका लक्ष्य प्राप्त गर्न सरकारका तीनै तहसँग समन्वय गरी काम गर्ने बताइएको छ।

बिहीवार यो परियोजनाको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पछिल्लो दशकमा मातृ तथा बाल पोषण सुधारमा प्रगति भए पनि दिगो विकास लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेकाले यो परियोजना शुरु गरिएको बताए। उनले भने‚ “यूएसएआईडी र नेपाल सरकारबीचको यो नयाँ सहकार्यले हामीलाई निरोगी पुस्ता बनाउने लक्ष्य प्राप्तिमा सघाउनेछ।”

यूएसएआईडी एकीकृत पोषण परियोजनाले घरपरिवार तथा समुदाय स्तरमा स्वास्थ्य, पोषण र स्वच्छता अभ्यासहरू सुधार गर्न, स्वास्थ्य सेवाहरूको पहुँच र गुणस्तर वृद्धि गर्न र पोषिलो तथा विविधतापूर्ण खानामा सिमान्तकृत समुदायको पहुँच बढाउन शासकीय सुधार गर्न संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग काम गर्नेछ। नेपालमा विस २०६९ देखि बहु-क्षेत्रीय पोषण योजना लागू भई कार्यान्वयन भइरहेको छ।

यता नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टले नेपालमा जन्मिएका ५ वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा एनिमियाको समस्या रहेको देखाएको थियो।

यतिमात्रै नभएर हाल नेपालमा रहेका १० देखि १९ वर्षमुनिका किशोरकिशोरीमा पनि पर्याप्त मात्रामा पोषण अभाव रहेको देखाएको छ। रिपोर्टले १० देखि १९ वर्षका किशोरकिशोरीमा २५ प्रतिशतमा उमेर अनुसारको तौल नभएको (दुब्लोपना) को समस्यासमेत देखाएको थियो।

किशोरकिशोरीमा पर्याप्त पोषण नभएको देखिएपछि मन्त्रालयले १० देखि १९ वर्षका किशोरीमा २५ प्रतिशतमा उमेरअनुसारको तौल नभएको र धेरैमा एनेमियाको पनि समस्या पाइएकाले हाल हरेक स्कुलमा किशोरीलाई फोलिक एसिड चक्की वितरण गरिन थालिएको छ।

गर्भवतीलाई पनि नि:शुल्क फोलिक एसिड चक्की दिने गरिएको छ। गर्भावस्थामा १४५ ट्याब्लेट फोलिक एसिड खानुपर्ने र यो सबै नि:शुल्क मन्त्रालयले उपलब्ध गराएको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP