Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वीर अस्पतालमा पनि शुरु भयो जलनको उपचार

काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा शुरु भएको छ। अस्पतालमा बर्न वार्डमा २०७२ वैशाखको भूकम्पले क्षति पुर्‍याएपछि त्यसयता उक्त सेवा वीर अस्पतालमा बन्द भएको थियो।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार आजबाट उक्त बन्द रहेको ‘जलन उपचार केन्द्र’ बाट जलनका विरामीको उपचार सेवा शुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज उक्त बन्द रहेको वार्ड सहित अस्पतालमा जलनको सम्बन्धी उपचार सेवाको शुभारम्भ गरेका हुन्। जसमा जलनका विरामीलाई मात्रै उपचार गर्न भनेर १० जनरल बेड, ५ आइसियू र तीनवटा अप्रेशन थिएटर रहेका छन्।

वीर अस्पतालको जलन सम्बन्धी उपचार सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले भविष्यमा छिट्टै जलनका विरामीलाई एक लाख रुपैयाँ सरकारी सहुलियत दिने तयारी भएको समेत बताएका छन्। ‘अन्य केही कडा रोगलाई उपचार सहुलियत दिए जस्तै जलनका विरामीलाई पनि एक लाख रुपैयाँ उपचार रकम सहयोग दिने तयारी गरिरहेका छौँ’‚ स्वास्थ्यमन्त्री पौडेलले भने।

पछिल्ला समयमा नेपालमा विभिन्न कारणले जलनमा परेर घाइते हुने विरामीको संख्या बढ्दो छ तर हाल नेपालमा त्रिवि शिक्षण अस्पताल र कीर्तिपुर अस्पतालका साथै अन्य केही अस्पतालमा मात्रै जलनका विरामीको प्रभावकारी उपचार सेवा हुँदै आएको छ तर अहिले सबैभन्दा धेरै जलनको उपचार सेवा कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा हुने गरेको छ।

कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ। उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका विरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ। बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ।

नेपालमा पहिलो पटक वीर अस्पतालमा जलनको उपचारको सुरुवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालमा शुरुवात गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP