Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

३० वर्षपछि शुरु भयो कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता

बनियानी : झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आज कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।

जिल्ला ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरे। उनले खेल क्षेत्रको विकास जरुरी रहेको बताउँदै नगरले खेलकुदलाई प्राथमिकता दिएको उल्लेख गरे।

सङ्घका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको बताए। “३० वर्षअघि मेची अञ्चलस्तरीय प्रतियोगिता भएको थियो”, उनले भने, “त्यसपछि रोकिएको प्रतियोगिता अहिले हुँदै छ।”

जिल्ला ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

आज शुरु प्रतियोगिता यही भदौ ३० गतेसम्म सञ्चालन हुनेछ। पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको सङ्घका सचिव तीर्थराज ढकालले जानकारी दिए।

प्रतियोगिताको खुलातर्फ प्रथमले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले १० हजार रुपैयाँ नगद र भेट्रान्सतर्फका प्रथमले ४० हजार, द्वितीयले ३० हजार र तृतीयले १० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP