Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

म्यानचेस्टर सिटी अपराजित, हालान्डले गरे २ गोल

एजेन्सी

काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा चेल्सी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्।

चेल्सीले बर्नमाउथलाई १–० गोलले हरायो। चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले गोल गरे। यो जीतसँगै चेल्सी ४ खेलमा ७ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । बर्नमाउथ ४ खेलमा ५ अङ्कसहित ११ औं स्थानमा छ।

यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो। सिटीका लागि एर्लिङ हाल्यान्डले दुई गोल गरे। ब्रेन्टफोर्डका योएस वेइसाले गोल गरे। लगातार चौथो जीतसहित सिटी १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। ब्रेन्टफोर्ड ४ खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ।

यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथ्याम्पटनलाई ३–० गोलले हरायो। युनाइटेडका लागि म्याथेस डी लिग्ट, मार्कस रशफोर्ड र एलेजान्ड्रो गर्नाचोले गोल गरे। यो जीतसहित युनाइटेड ४ खेलमा ६ अङ्कसहित तालिकाको १० औं स्थानमा छ।

यस्तै नटिङघम फरेस्टले लिभरपुललाई १–० गोलले हरायो। नटिङघमका लागि कालम हड्सन ओडीले गोल गरे । यो जीतसहित नटिङघम ४ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ। लिभरपुल ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ।

यस्तै एस्टन भिल्लाले एभर्टनलाई ३–२ गोलले हरायो। अन्य खेलमा फुलहम र वेस्ट ह्यामले १–१ गोलको, क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको तथा ब्राइटन र ईपस्वीच टाउनले गोलरहित बराबरी खेलेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP