Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साफ यू–१७ र एशियन कप यू–२० छनोट खेल्ने फुटबल टोलीको बिदाइ

काठमाडौँ : यही असोज ४ गतेदेखि (सेप्टेम्बर २०-३०) असोज १४ गतेसम्म भुटानको राजधानी थिम्पुमा ७ राष्ट्र सम्मिलित साफ यू–१७ फुटबल च्याम्पिपयनशिपमा खेल्ने टोलीको बिदाइ गरिएको छ।

चाङ्लिमिथाङमा हुने च्याम्पियनशिपमा नेपाल समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंकासँगै छ। चाइनिज ताइपेईमा एएफसी यू–२० एशियन कपको छनोट खेल्ने अर्को नेपाली युवा टोलीको पनि एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम गर्दै बिदाइ गरेको हो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र सिइओ इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन्।

सो अवसरमा मन्त्री चौधरीले सगरमाथाजस्तो उच्च मनोबलका साथ खेल्न शुभकामना दिँदै साफ यू–१७ मा नेपालको इतिहास राम्रै रहेकाले यो नतिजालाई कायम राख्न अनुरोध गरे।

मन्त्री चौधरीले आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न नभई नेपालको प्रतिनिधि भएर जाँदै छु भन्ने महशुस गर्न खेलाडीलाई आग्रह गरे।

एन्फाका अध्यक्ष नेम्वाङले नयाँ फुटबल रंगशाला निर्माणका लागि जग्गा खोजी भइरहेको बताए। साथै उनले दुवै नेपाली टोलीलाई राष्ट्र सम्झेर खेल्दै जितेर आउन शुभकामना दिए।

यू–२० युवा टोलीले एशियन कप छनोट चरणमा समूह ‘बी’ मा रहेर प्रतिष्पर्धा गर्दै छ। उक्त समूहमा आयोजक चाइनिज ताइपेई, बहराइन, उब्जेकिस्तान र कम्बोडिया छन्।

नेपालले आफ्नो पहिलो खेल कम्बोडियासँग यही असोज ५ गते (सेप्टेम्बर २१) खेल्नेछ। नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईसँग असोज ७ गते (सेप्टेम्बर २३) र उब्जेकिस्तानसँग असोज ९ गते (सेप्टेम्बर २५) खेल्ने तय छ।

२ दिनपछि ताइपेई सिटीमा नेपालले बहराइनविरुद्ध खेल्नेछ। समूहमा पहिलो हुने टोलीले आगामी सन् २०२५ मा चीनमा आयोजना हुने यू–२० एशियन कपमा सीधै स्थान बनाउनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP