Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अस्पतालमा बिग्रिएर थन्किएका उपकरण मर्मत गर्दै आविष्कार केन्द्र

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको सम्झौताअनुसार यतिखेर राष्ट्रिय आविष्कार केन्द्रले देशका ठूला संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका उपकरण धमाधम बनाउन थालेको छ।

आविष्कार केन्द्रले हाल वीर अस्पतालमा बिग्रिएका र मर्मत गरेर पुनः प्रयोग गर्न सकिने स्वास्थ्य उपकरण बनाइरहेको छ।

केन्द्रका प्रमुख महावीर पुनका अनुसार अहिले वीर अस्पतालमा उपकरण बनाउने काम धमाधम भइरहेको छ। उनका अनुसार अहिले वीर अस्पतालसँग भएको सम्झौताअनुसार कुन उपकरण मर्मत गरेर पुनः प्रयोग गर्न सकिन्छ, कुन मर्मत गर्नै मिल्दैन भनेर छुट्याएर उपकरण मर्मत भइरहेको छ। ‘अस्पतालसँग भएको सम्झौताअनुरूप उपकरण मर्मत गरिरहेका छौँ। हाम्रो टोलीका साथीहरू त्यही बसेर उपकरण मर्मत गरिरहनु भएको छ’‚ आविष्कार केन्द्रका प्रमुख पुनले भने।

उक्त केन्द्रले अहिलेसम्म वीर अस्पतालको युरोलोजी विभागमा रहेको सी-आर्म उपकरण मर्मत गरिसकेको छ। हाल मर्मतपछि उक्त उपकरणले सेवा दिन थालिसकेको छ। सी–आर्म मेसिन एक्स–रे प्रविधिमा आधारित उन्नत मेडिकल इमेजिङ उपकरण हो। यो उपकरण विशेषगरी पत्थरीको उपचारका लागि प्रयोग गरिन्छ।

अस्पतालमा पाँच महिनाभन्दा बढी समयदेखि बिग्रिएको उक्त उपकरण अस्पतालले बनाउन नखोजेको हैन। कुनै कम्पनीले पनि मर्मत गर्न नसक्ने बताएका थिए तर अहिले आविष्कार केन्द्रले मर्मत गरेपछि सेवा दिन सुरु गरिसकेको छ।

अस्पतालका युरोलोजी विभागका एक कर्मचारीले भने‚ ‘हामीले उक्त उपकरण मर्मत गर्न नखोजेका हैनौँ तर हामीले कुरा गरेका सबै कम्पनीले मर्मत गर्न नसकिने हुँदा नयाँ उपकरण मात्रै खरिद गर्न सुझाव दिए तर अहिले आविष्कार केन्द्रले भने मर्मत गरेको छ। हेरौँ‚ कहिलेसम्म प्रयोगमा आउँछ?’

केन्द्रले सी-आर्म उपकरण मात्रै हैन अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका भेन्टिलेटर, आईसीयू बेड समेत मर्मत गरिसकेका छन्। हाल आविष्कार केन्द्रको एक टोलीले वीरमा नै बसेर अस्पतालमा बिग्रिएर बसेका उपकरण मर्मत गरिरहेको छ। जसका लागि केन्द्रका तर्फबाट बायोमेडिकल इन्जिनियरसहित १२ जनाको टोली खटिएको छ।

यस्तै आविष्कार केन्द्रले वीरपछि कान्ति बाल अस्पतालमा पनि बिग्रिएर बसेका उपकरण मर्मत गर्ने तयारी गरेको छ। ‘हामीले अब कान्ति बाल अस्पतालमा पनि छिट्टै काम सुरु गर्दै छौँ। त्यहाँ पनि धेरै उपकरण बिग्रिएका छन् भन्ने कुरा आएको छ। अब हाम्रो टोलीले त्यहाँ पुगेर छिट्टै उपकरण मर्मत गर्छ’‚ आविष्कार केन्द्रका प्रमुख पुनले भने।

यस्तै केन्द्रले छिट्टै बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र‚ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपत्यका बाहिर रहेका केही ठूला संघीय अस्पतालहरूमा रहेका उपकरणहरू विस्तारै मर्मत गर्दै जाने केन्द्रको योजना रहेको केन्द्रले जनाएको छ।विग्रिएर /थन्किएर बसेका उपकरणहरु बनाउने सम्झौता ग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग गर्दै अविष्कार केन्द्र

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरका ठूला १७ वटा संघीय अस्पतालमा करिब ३ हजारको हाराहारीमा सामान्यदेखि ठूला खालका स्वास्थ्य उपकरण बिग्रिएको अनुमान छ। तर देशका विभिन्न अस्पतालले मन्त्रालयसँग स्वास्थ्य उपकरण माग गर्न थालेपछि देशभरका ठूला अस्पतालमा के कस्ता उपकरण छन् र तिनी कति बिग्रेका छन् भनेर केही महिनाअघि मात्रै स्वास्थ्यसेवा विभागको व्यवस्थापन महाशाखाले एशियाली विकास बैंकको सहयोग तथा लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा सर्वेक्षण गरेको थियो।

जसमा देशभरका ठूला स्वास्थ्य संस्थाका २ हजार ६४५ वटा मेडिकल उपकरण खरिद गरेर थन्किएका मात्रै होइन‚ भएका मेसिन पनि बिग्रिएर चल्दै नचलेको पाइएको देखिएको थियो। यस्तै उक्त अध्ययनले​ अक्सिजन कन्सेन्ट्रेटर ९७७ वटा, सिरिन्ज पम्प ३७४ वटा, इन्फ्यूजन पम्प २८५ वटा, मनिटर मल्टी प्यारामिटर २६८ वटा, बिआइपिएपी १९९ वटा, एचएफएलसी ८६ वटा, स्टेरिलाइजिङ युनिट यूवी ८२ वटा, सिपिएपी मेसिन ७५ वटा, अन्य ३४९ गरी विभिन्न प्रकारका २ हजार ६४५ वटा मेसिन रहेका थिए। यीमध्ये अधिकांश उपकरण एकपटक पनि प्रयोग नगरी बिग्रिएर थन्किएका पाइएको थियो।

आविष्कार केन्द्रले एक महिनाअघि देशभरका १७ वटा ठूला संघीय अस्पतालहरूमा बिग्रिएर/थन्किएर बसेका उपकरणहरू बनाउने सम्झौता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP