Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

६७ लाखको सुनसहित एक भारतीय पक्राउ

मकवानपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५, रातमाटेबाट मकवानपुर प्रहरीले बिलबिजक नभएको ६७ लाखको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मकवानपुर प्रहरीले मङ्गलबार प्रहरी चेकपोस्टअगाडिबाट ४९० ग्राम ८८० मिलिग्राम अवैध सुनसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुनको हालको बजार मूल्य ६७ लाख ३४ हजार पाँच सय ४४ रुपियाँ रहेको छ।

मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार विशेष सूचनाको आधारमा वीरगन्जबाट हेटौँडा आउँदै गरेको बा प्रदेश ०३–००१ज ६९६ नम्बरको यात्रुबाहक इभी माइक्रोलाई रोकेर जाँच गर्दा माइक्रोमा सवार भारतको विहार बस्ने ३४ वर्षका सुजित सर्राफको साथबाट उक्त परिणामको सुन बरामद भएको हो।

सर्राफको शरीर खानतलासी गर्दा खुट्टाको पैतालाको भागमा कालो टेपले बेरी बिस्कुटको आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा एक थान र एक थान सिक्रीसमेत लुकाई उक्त परिणामको सुन ल्याएको प्रहरी निरीक्षक सापकोटाले बताए।

सर्राफसँग सुनको बिलबिजक केही नभएकाले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रियाअगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP