Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिला भलिबल लिग : आज राउन्ड रोविनका अन्तिम तीन खेल

काठमाडौं : पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता, एभरेष्ट महिला भलिबल लिगमा आज राउन्ड रोविनका अन्तिम तीन खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा ललितपुर क्वीन्स र चितवन शक्तिबीच प्रतिस्पर्धा हुने तालिका छ।

यस्तै आजै साँझ पौने ६ बजे मधेस युनाईटेड र गण्डकी थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ। आजको अन्तिम खेलमा राति पौने ८ बजे काठमाडौं स्पाइकर्स र कर्णाली यस्विशबीच प्रतिस्पर्धा हुनेछ।

जारी प्रतियोगितामा कर्णाली यस्विश आफ्ना सबै चार खेल जितेर १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौं स्पाइकर्स ४ मध्ये ३ खेलमा जित निकालेर ९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा चितवन शक्ति र ललितपुर क्वीन्स समान ७ अंक जोडेर तेस्रो र चौथो स्थानमा छन्।

यस्तै गण्डकी थन्डर्स ४ मध्ये १ मा जित निकालेर तीन अंकसहित तालिकाको पाँचौ स्थानमा रहँदा मधेस युनाइटेड भने जितविहीन रहँदै तालिकाको पुच्छारमा छ।

लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच भोलि उपाधि भिडन्त हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP