Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चिसो बढे पनि घटेन डेंगु, काठमाडौँमा हप्तामै पाँच सयभन्दा बढी संक्रमित भेटिए

काठमाडौँ : चिसो बढे पनि डेंगु संक्रमण घट्न सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो विवरण हेर्दा देशभर डेंगु संक्रमण बढिरहेको छ।

इडीसीडीको विवरणमा देशभर डेगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ। डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्।

यति मात्रै होइन यो अवधिमा काठमाडौँमा सबैभन्दा धेरै संक्रमित रहेका छन्। काठमाडौँमा डेंगु संक्रमित ३ हजार १०३ जना छन्।

अघिल्लो हप्तासम्म काठमाडौँमा २५ सय संक्रमित थिए। काठमाडौँमा एक हप्तामै ५ सयभन्दा बढी संक्रमित भेटिएका छन्। हाल काठमाडौँको मात्रै डेंगु संक्रमणदर १५ प्रतिशतभन्दा बढी छ।

यस्तै कास्कीमा दुई हजार ८४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। यस्तै तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२, चितवनमा ९७१, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जना डेंगु संक्रमित भेटिएको महाशाखाले जनाएको छ।

गत वर्ष पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो।

यस वर्ष संख्यात्मक रुपमा कम संक्रमित भेटिए पनि कडा खालका लक्षण देखिएका बिरामीहरू धेरै रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु एक प्रकारको कीटजन्य रोग हो। पछिल्ला वर्षहरूमा यो मौसममा नेपालमा डेंगु पनि जनस्वास्थ्यको एक प्रमुख चुनौती बन्दै गएको छ।

त्यसैले डेंगुबाट बच्न सबैभन्दा पहिले लामखुट्टेको टोकाइबाट बच्न पर्छ। जसका लागि शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने र सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP