Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

२७ हजार नाघे डेंगु संक्रमित, उपत्यकामा मात्रै करिब ६ हजार बिरामी

काठमाडौं : देशभर डेंगु संक्रमितको संख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार हाल देशभर डेंगु संक्रमितको संख्या २७ हजार १५३ जना पुगेको हो।

यस्तै, यस अवधिमा ११ जना संक्रमितको समेत मृत्यु भएको र र ७६ जिल्लामा संक्रमण देखिएको इडिसिडीको विवरणमा उल्लेख गरिएको छ।

यस्तै हाल सबैभन्दा धेरै संक्रमित कास्कीमा रहेको देखिएको छ भने त्यसपछि काठमाडौंमा बढी संक्रमित छन। इडिसीडीको विवरणअनुसार हाल कास्कीमा ७ हजार ८० जना संक्रमित रहेका छन्। यस्तै काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९, ललितपुरमा एक हजार ६०, एक हजार ५७ जना संक्रमित छन्। भक्तपुरमा ६ सय २८ जना संक्रमित छन्।

हाल सबैभन्दा धेरै डेंगु संक्रमणदर कास्की र काठमाडौमा रहेको छ कास्कीमा हाल संक्रमणदर २६ प्रतिशत रहेको छ भने काठमाडौंमा १५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा मनसुन सुरु हुने समय जुन/ जुलाईदेखि डेंगु संक्रमण देखिन सुरु हुने र सेप्टेम्बर र अक्टोबर महिनामा संक्रमण उच्च तहमा पुगेर ओरालो लाग्ने गरेको पाइए पनि यो वर्ष गत वर्षको तुलनामा सेप्टेम्बर अक्टोबर महिनामा कम डेंगु संक्रमण भएको देखिएको छ।

गत वर्ष सेप्टेम्बर महिनामा १३ हजार ९१२ संक्रमण भएकोमा यो वर्ष सेप्टेम्बर महिनामा देशभर जम्मा १० हजार ५९४ जना संक्रमित भएका थिए भने अक्टोबर महिना सकिन केही दिन मात्रै बाँकी भएको समयमा यो महिनामा हालसम्म जम्मा ८ हजार ६०८ जना संक्रमित छन् अघिल्लो वर्ष अक्टोबर महिनामा १२ हजार ६९९ जना संक्रमित भेटिएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP