Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बालिका अपहरण गर्ने भारतीय नागरिक पक्राउ

बुटवल

रुपन्देहीको रोहिणी गाउँपालिकामा बालिका अपहरण गरेको अभियोगमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । रोहिणी गाउँपालिका वडा नं। २ बैकुण्ठपुरका ३० वर्षीय ९परिवर्तित नाम० असफाक अहमद खानकी पाँच वर्षीय छोरी अपहरण गरेको अभियोगमा जिल्ला महाराजगञ्ज थाना निच्लौल ग्राम मिठौराबजार भारतका २३ वर्षीय मनिस निगमलाई प्रहरीले पक्राउ गरेको हो ।
रोहिणी गाउँपालिका वडा नं। २ बैकुण्ठपुरका खानकी छोरी आफ्नै घर आँगनमा खेलीरहेको बेला शुक्रबार बिहान करिव साढे आठ बजेको समयमा हराएकी थिईन् । बालिका हराएपछि खोजी गर्ने क्रममा घर नजिकैको रोहिणी पुल नजिकैको जंगलबाट बिहान १० बजेको समयमा बालिकालाई सकुशल उद्धार गर्नुका साथै उपहरण गर्ने भारतीय नागरिक मनिसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार मनिसले अपहरण गरेकी बालिकाको मुख थुनेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीका अनुसार जिल्ला महाराजगञ्ज थाना निच्लौल ग्राम मिठौराबजार भारतका फूलचन्द्र निगमका छोरा विगत एक वर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ कोटिहवामा डेरा गरी पेन्टरको काम गर्दै आएको थियो । पक्राउ परेको निगममाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP