Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली किशोरीसँग विवाह गर्न खोज्ने चिनियाँ नागरिकसहित ८ जना पक्राउ

 

सुनसरी : एक १६ वर्षिय बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा ५ नेपालीसहित ३ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी ती किशोरीलाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेई प्रान्त, बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा किशोरीका बाबु उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका—१२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका—३ की २० वर्षीया रोशनीमाया तामाङ छन्।

छिमेकी किशोरीको विवाह पनि चिनियाँ नागरिकसँग भएको र उनको पारिवारिक जीवन राम्रो रहेको पाइएपछि छोरीको विवाह गर्न आफू राजी भएको बालिकाका बुवाले बताएका छन्।

पक्राउ पर्ने चिनियाँ नागरिकमा ३३ वर्षीय चिनियाँ नागरिक लिटेङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र २५ वर्षीय वु हेजी रहेका छन्।

नेपालको कानुनअनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था छ। यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी देवानी संहिता २०७४ मा छ।

पक्राउ परेकाहरू माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP