Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

धनुषामा रेखाको हत्या आरोपमा तीनजना पक्राउ

 

जनकपुरधाम : रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जनकपुरधाममा धनुषा प्रहरीले जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका-३ बस्ने २२ वर्षीय राम ललित खत्वे मण्डल, सोही ठाउँका खजुरी बस्ने २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका-८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

मंसिर ८ गते जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका-४ खजुरी र कमला नगरपालिका-२ सरावेको बीच सीमानामा रहेको आमा खोलामा नामथर नखुलेको महिलाको शव प्लाष्टिकको बोराभित्र रहेको बेवारिसे अवस्थामा फेला परेको थियो।

उक्त बोरा खोली हेर्दा मृतक शवको अनुहारको बायाँतर्फ गालामा चोट लागेको, घाँटी काटिएको अवस्थामा रहेकोमा उक्त शवको प्रारम्भिक अनुसन्धान लासजाँच मुचुल्का गरी पोस्ट माइडमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले पत्रकार सम्मेलनमा बताए।

मृतक महिलाको घर जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका-५ उधा टोलमा रहेको बताइएको छ। मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छित बनाई दाह्री काट्ने छुरा ब्लेडले घाँटी रेटी हत्या गरेर फरार भएकोमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ।

मृतक रेखाकुमारी मण्डलको विवाह गर्ने, सँगै बस्ने सम्बन्धमा विवाद हुँदा घटना भएको देखिएको समेत प्रहरीको भनाइ छ। मृतक रेखाकुमारी मण्डलको करिब ५-६ वर्ष अगाडिदेखि रामललित मण्डल खत्वेसँग प्रेम सम्बन्ध रहेको खुलेको जानकारी गराए।

रेखाकुमारी मण्डलको घर परिवारको मानिसहरूले उक्त सम्बन्ध स्वीकार नगरेको हुँदा रेखाकुमारी मण्डल आफ्नो घरबाट भागी रामललित मण्डल खत्वेसँग विवाह गर्न दबाब दिएको, रामललित खत्वे मण्डलले नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाई सकेपश्चात् मात्र विवाह गर्ने भनेकोमा सोही विषयमा विवाद हुँदा घटना भएको जानकारी पाएको धनुषा प्रहरी उपरीक्षक तिवारीले पत्रकार सम्मेलनमा बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP